Kathmandu 31 August 2025। जैशिदेवल युथ क्लवले आफ्नो ३२औं वार्षिकोत्सवको अवसरमा शनिबार छैठौं ‘ईन्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता–२०८२’ सम्पन्न गरेको छ।
काठमाडौँ महानगरपालिका वडा नम्बर २१ को सहयोगमा आयोजित एक दिने प्रतियोगितामा विभिन्न समूहका ८८ खेलाडीहरूले सहभागिता जनाएका थिए। प्रतिस्पर्धाबाट २३ स्वर्ण, २३ रजत र ४६ काँस्य पदक विजेतालाई प्रदान गरिएको थियो।
कार्यक्रमको उद्घाटन बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल के.सी.ले गर्नुभएको थियो। सो अवसरमा क्लवका अध्यक्ष राजेश प्रजापति, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद ध्यान गोविन्द रन्जितसहित विभिन्न जनप्रतिनिधि तथा संघसंस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
यसै क्रममा काठमाडौँ महानगरपालिका वडा नम्बर १२ ले क्लवलाई दैनिक अभ्यासका लागि दुई लाख रुपैयाँ बराबरका खेल सामग्री हस्तान्तरण गरेको छ। वडा अध्यक्ष बालकृष्ण महर्जनले उक्त सामग्री क्लब अध्यक्ष प्रजापतिलाई बुझाउनुभएको हो।
त्यस्तै, नेपाल तेक्वान्दो संघको वार्षिक तालिका अनुसार सम्पन्न सिनियर ग्रेडिङ्ग परीक्षामा ब्ल्याक बेल्ट पहिलो डान प्राप्त पाँच खेलाडीलाई मन्त्री के.सी.ले प्रमाणपत्र तथा बेल्ट वितरण गर्नुभएको थियो।
क्लवका अध्यक्ष प्रजापतिले यस्ता प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै निरन्तर खेल विकासमा योगदान पुर्‍याइरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

 

Leave a Comment